लोयल्टी क्वाटरफाइनलमा

काठमाडौं, फागुन ३ गते । आयोजक लोयल्टी एकेडेमी ‘बी’ १३औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार क्वाटरफाइलनमा प्रवेश गरेको छ।

एकताबस्तीस्थित घरेलु मैदानमा लोयल्टी ‘बी’ ले रिलायन्स इन्टरनेसनल स्कुललाई २–० तथा जगत मन्दिरलाई १–० गोलले पराजित गर्दै समूह ‘डि’ विजेता बन्यो। क्वाटरफाइनलमा लोयल्टी ‘बी’ को भेट होली गार्डेनसंग हुनेछ।

समूह चरणको अन्य खेलमा हिमालयन बोर्डिङ स्कुलले त्रिज्योतिलाई २–० तथा दुईपटकको उपाधि विजेता लिटिल एन्जल्सले होली गार्डेनलाई ४–१, लोयल्टी ‘सी’ लाई ६–० र फेरिल्यन्ड इन्टरनेसनल स्कुललाई ७–० गोलले पाखा लगाए।

त्यस्तै, जगत मन्दिरले रिलायन्सलाई २–१ तथा होली गार्डेनले लोयल्टी ‘सी’ लाई ४–० गोलले पन्छाए। फेरिल्यान्डले लोयल्टी ‘सी’ संग गोलरहित तथा होली गार्डेनसंग १–१ गको बराबरी खेल्यो।

यससंगै आइतबार हुने क्वाटरफाइनल समीकरण पूरा भएको छ। बाँकीका ३ क्वाटरफाइनलमा चेल्सी वल्र्ड स्कुले गेट्वे एकेडेमी, इस्टपोलले हिमालयन र लिटिल एन्जल्सले जगत मन्दिर विरुद्ध खेल्ने छन्। आइतबारै सेमिफाइनल पनि हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको