काठमाडौँ । कप्तान तथा भेट्रान्स फर्वाड क्रिस्टियानो रोनाल्डोले फ्री-किकमार्फत गोल गरेको खेलमा अल नासर विजयी भएको छ।
साउदी प्रो लिग अन्तर्गत दोस्रो साताको खेलमा घरेलु टोली फेइहामाथि नासरले ४–१ गोलको सहज जित हासिल गरेको हो।
अल नासरको जितमा टालिस्काले दुई गोल गरे भने क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए। यस खेलमा रोनाल्डोले फ्री-किकबाट गोल गरेका थिए भने एक गोल असिस्ट गरेका थिए। त्यस्तै अल फेइहाका लागि फेसन सकालाले एक गोल गरेका थिए।
जितसँगै जारी लिगमा दुई खेलबाट अल नासले चार अंक जोडेको छ।
खेलको पाँचौँ मिनेटमा कप्तान रोनाल्डोको पासमा टालिस्काले गोल गर्दै खेलमा सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयको १०औँ मिनेटमा रोनाल्डोले फ्री(किक गोलमार्फत गोल गर्दै खेलमा २–० को अग्रता दिलाए।
त्यसपछि दोस्रो हाफमा अल नासरले थप दुई गोल गर्दा एक गोल ब्यहोरेको थियो।


