नेपाली युवा टोली पराजित

काठमाडौं । नेपालको यु–२० टोली मैत्रीपूर्ण फुटबल खेलमा चिनियाँ युवान प्रान्तीय टोलीसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा पाहुना टोलीले नेपाललाई २–० ले पराजित गरेको हो।

खेलको पहिलो हाफमै चिनियाँ युनान प्रान्तीय टोलीले अग्रता लिएको थियो। सुरूआतदेखि नै युयानले नेपाली टोलीमाथि दबाब दिएको थियो।

२१औं मिनेटमा अग्रता लियो। लि सुहानको क्रसमा मधङ्घायुईले गोल गरे।

७८औं मिनेटमा वाङ्ग बिनहानले अग्रता दोब्बर बनाए। उनले काउन्टर अट्याकमा गोल गरेका हुन्।

८८औं मिनेटमा विक्रम गौतमले डिबक्स एरिया बाहिरबाट प्रहार गरेको बललाई युनानका गोलकिपर लिइ झिबोले टप कर्नरबाट उत्कृष्ट बचाउ गरे।

त्यो नै नेपाली टोलीले खेल अवाधिभर प्रहार गरेको एकमात्रै उत्कृष्ट प्रहार थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको