बेस्ट ग्रुप भिजनको जित

काठमाडाैँ । बेस्ट ग्रुप भिजनले नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ।

काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भएको खेलमा बेस्ट ग्रुप भिजनले निकेतनलाई ४–० गोलले पराजित ग¥यो।

हिलारीले करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीलाई २–०, पिक प्वाइन्टले आयोजक अर्किड ‘बी’ लाई २–० र एआईएले ओरियन्टललाई १–० गोलले हराए। हाइली क्रिएटिभले लाइसियमलाई टाइब्रेकरमा ३–२ गोलले पाखा लगायो। निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको