काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट काठमाडौँको दशरथ रंगशालामा सुरु हुँदै छ।
एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजबाट फागुन १४ सम्म हुँदै छ।
आज हुने दुई वटा खेल मध्ये पहिलो खेलमा म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्नेछन् भने यो खेल १ः३० बजेबाट सुरु हुनेछ। आजै हुने दोस्रो खेलमा नेपालले किर्गिस्तानसँग भिड्नेछ, जुन खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।
