तेजुका कप खेल्न नेपाली टोली जापान जाने

काठमाडाैँ । चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा सहभागी हुन २ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार जापान प्रस्थान गर्ने भएको छ।

कातामा दावा शेर्पा र कुमुतेमा मनीष कार्कीले प्रतिस्पर्धा गर्ने छन्। फागुन ९ देखि १३ गतेसम्म हुने प्रतियोगिता जापानको सेन्डाइ र फुकुवोकामा हुनेछ। नेपालको खेल फुकुवोकामा हुनेछ।
अफिसियलमा नेपाल क्योकुसिन कराते (ईको) संघका अध्यक्ष दमन बस्नेत र महासचिव संगीत बस्नेत तथा प्रशिक्षकमा रोशन कपाली छन्।

अध्यक्ष बस्नेतले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने छन्। टोलीलाई सफलताको शुभकामना दिदै पूर्व उप्रधानमन्त्री कमल थापाले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको