काठमाडौं । पोखरा थन्डर्सले समिर तामाङलाई नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि मार्की खेलाडी बनाएको छ।
पोखराले मंगलबार समिरलाई मार्की खेलाडीको जिम्मेवारी दिएको हो। समिरलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेका हुन्।
समिर एनएसएलमा पहिलो पटक मार्की खेलाडी बनेका हुन्। समिरले पहिलो पटक मार्की खेलाडी बन्न पाउँदा खुसि भएको बताए। ‘पोखराले मलाई मार्की खेलाडीको जिम्मेवारी दिएको छ। यसमा धेरै खुसि छु,’ आयूसले भने।
पोखराले यसअघि आफ्नो प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुत्त गरेको थियो। पोखराको कप्तानी भने आयुष घलानले गर्नेछन्।
