बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।

मंगलबार राति सम्पन्न प्लेअफको दोस्रो लेगमा घरेलु टोली बायर्नले स्कटिस क्लब सेल्टिकलाई १-१ को बराबरी रोक्यो। समग्रमा बायर्नले ३-२ को जित निकाल्यो। पहिलो लेगमा बायर्न २-१ ले विजयी भएको थियो।

अब बायर्नले बुन्डेसलिगा प्रतिद्वन्द्वी बायर लेभरकुसन वा स्पेनको एट्लेटिको मड्रिडसँग खेल्नेछ।

एलियान्ज एरिनामा सेल्टिकका लागि निकोलस क्युन तथा बायर्नका लागि अल्फन्सो डेभिसले गोल गरे।

खेलको ६३औं मिनेटमा क्युनको गोलमार्फत सेल्टिकले अग्रता लिएको थियो। तर इन्जुरी समयमा डेभिसले गोल गर्दै बायर्नलाई बराबरीमा ल्याए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको