एम्बाप्पेको ह्याट्रिक, रियल अन्तिम १६ मा, सिटी बाहिरियो

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको प्लेअफमा स्पेनिस महारथी रियल मड्रिडसँग ३–१ ले पराजित हुँदा प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी प्रतियोगिताबाट बाहिरिएको छ।

घरेलु मैदानमा बुधबार राति रियललाई जिताउन फ्रान्सेली स्ट्राइकर केलियन एम्बाप्पेले ह्याट्रिक पूरा गरे।

खेलको चौथो मिनेटमै रियलका लागि एम्बाप्पेले सुरुआती अग्रता दिलाएका दिए।

समग्रमा सिटी दुई लेगमा ६–३ ले पराजित भयो। पहिलो लेग घरेलु मैदानमा हुँदा पनि सिटी ३–२ ले पराजित भएको हो।

रियलले अन्तिम १६ मा स्पेनकै एट्लेटिको मड्रिड वा जर्मनको बायर लेभरकुसेनविरुद्ध खेल्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको