काठमाडौं । चारदेशीय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा आज (बिहीबार) लेबनानको सामना गर्दैछ।
दशरथ रंगशालामा हुने दिनको दोस्रो खेल साझ ६ बजे सुरु हुनेछ।
अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो खेलमा जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ। यता, पहिलो खेलमा म्यानमारसँग ३-१ ले पराजित भएको लेबनान पहिलो जितेको खोजिमा छ।
नेपाल र म्यानमारसँग समान तीन अंक रहेको छ।
यसअघि आजै म्यान्मार र किर्गिस्तानबीचको खेल अपराहन्न २ बजेदेखि शुरु हुने छ।
नेपालले आफ्नो तेस्रो खेल फेब्रुअरी २३ मा म्यान्मारसँग खेल्ने तालिका रहेको छ। सोहि दिन लेबनान र किर्गिस्तान पनि खेल्ने छन्।
नेपाली टिमः
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ
डिफेन्डरः अमृता जैशी, गीता राणा, विमला विक, पूजा राणा, निशा ठोकर, समिक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई
मिडफिल्डरः अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेणुका हमाल र सुष्मा तामाङ
फरवार्डः सावित्रा भण्डारी, रस्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल।
