कुलदीप, अभिषेक र दीपेशले काठमाडौंबाट खेल्ने

कठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी टोली काठमाडौं रेजर्सले तीन खेलाडीलाई रिटेन गरेको छ।

तेस्रो सिजनका लागि काठमाडौंले दीपेश गुरुङ, अभिषेक बराल र कुलदीप कार्कीलाई रिटेन गरेको हो।

पहिलो संस्करणको विजेता काठमाडौंले २० वर्षीय सेन्ट्रल मिडफिल्डर दीपेशलाई ‘ए’ क्याटोगोरीबाट रिटेन गरेको हो।

यस्तै, २४ वर्षीय गोलकिपर अभिषेकलाई र ३३ वर्षीय राइट ब्याक कुलदीपलाई ‘बी’ क्याटोगोरीबाट रिटेन गरेको हो।

तेस्रो संस्करणको एनएसएलको अक्सन फागुन १० गते शनिबार हुँदैछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको