काठमाडौं । विश्वकप विजेता इटालीका पूर्व कप्तान तथा गोलकिपर जियानलुइजी बुफोन नेपाल आउने भएका छन्।
फागुन ११ देखि १९ सम्म हुने केपी ओली कप फुटबल प्रतियोगिताका दौरान नेपाल आउने भएका हुन्।
प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेका अनुसार उनी केपी ओली कपका दौरान नेपालमा रहने छन्।
बुफोन फाइनलका दौरान दशरथ रंगशालामा उपस्थित हुनेछन्। संघका अध्यक्ष थेबेकाअनुसार बुफोन ल्याउनका लागि सम्झौता समेत भइसकेको छ।
सन् २००६ को फिफा विश्वकप जितेका बुफोनले १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले इटलीका लागि ८० खेलमा कप्तानकाे भूमिका निर्वाह गरेका थिए। बुफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए।
