एनएसएल मिनी अक्सन : तीन गोलकिपर अनसोल्ड

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को मिनी अक्सनमा तीन गोलकिपर अनसोल्ड भएका छन्।

एनएसएलको अक्सन ललितपुरमा जारी छ। हालसम्म अक्सनमा पाँच गोलकिपरको नाम पुल भएको थियो। तर, तीमध्ये एञ्जल श्रेष्ठ गोलाप्रथाबाट झापा एफसी र टिकेन्द्र थापा बिक्री भएका हुन्। टिकेन्द्रलाई बुटवल लुम्बिनी एफसीले लिएको हो।

उनी ‘बी’ क्याटोगोरीमा थिए। उनलाई बुटवलले दुई लाखमा भित्र्याएको हो।

यसअघि नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका गोलकिपर विकेश कुथु, र उमेरसमूहका जियारथ शेख र नेपाल पुलिस क्लबबा शत्रुधन चौधरी बिक्री भएका थिएनन्। 

यसअघि बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए। तर, तेस्रो संस्करणका लागि उनी चार लाख रुपैयाँमा काठमाडौंले भित्र्याएको हो। उनलाई भित्र्याउन ललितपुर एफसीले पनि बोलि लगाएको थियो। तर, काठमाडौंले गोलाप्रथाबाट आफ्नो बनायो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको