खेलकुद परिषद् ६१ वर्षमा प्रवेश


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को ६१औं वार्षिक उत्सव मनाइएको छ। परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दीप प्रज्वलन गर्दै खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउनु पर्ने चुनौती रहेको बताए।

सबै खेलकुद कर्मीहरूलाई शुभकामना दिँदै उनले वार्षिक उत्सवको मूल समारोह केही दिनपछि हुने जानकारी दिए।

पहिलोपल्ट खेलकुद ऐन जारी भएको दिन भदौ १३ गते परिषद्ले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। मूल समारोह कार्यक्रममा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा खेल संघ र सहयोगी सस्थाहरुलाई सम्मान गर्दै आएको छ।

२०२१ भदौ १३ गते पहिलो खेलकुद ऐन जारी भएको थियो। २०१५ सालमा स्थापना भए पनि छुट्टै ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना मान्दै आएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको