ला लिगा : बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगाको शनिबार भएको खेलमा बार्सिलोनाले लास पल्मासलाई २–० ले हराउँदै शीर्ष स्थानमा कायम रहेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२औँ मिनेटमा डानी अल्मोको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि इन्जुरी समयको पाँचौँ मिनेटमा फेरान टोरेसले थप अर्को गोल गरेका हुन्।

यस्तै, शनिबार भएको अर्को खेलमा जुलियन अल्भारेजको दुई गोलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–० ले हराएको छ भने भिल्लारियलले रायो भन्कानोलाई १–० ले हरायो। गएराति नै भएको अर्को खेलमा इस्पानियोलले डेपोर्टिभो अल्भासमाथि १–० को जित निकालेको छ।

बार्सिलोना ५४ अंकसहित शीर्ष स्थानमा छ। यसैगरी एट्लेटिको मड्रिडको ५३ अङ्क छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको