काठमाडौँ । साउदी प्रो-लिग अन्तर्गत अल इतिहादले अल हिलालमाथि शानदार जित हासिल गरेको छ।
शनिबार राति सम्पन्न खेलमा अल इत्तिहादले अल हिलाललाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
अल इतिहादको जितमा स्टेभेन बेर्गविजले दुई गोल गरेका थिए भने करिम बेन्जमा र हसन काडेशले एक एक गोल गरे। त्यसैगरी अल हिलालका लागि एक गोल मार्कोस लीयोनार्दोले गरे।
जितसँगै शीर्ष स्थानको अल इतिहादले २१ खेलमा ५५ अंक जोडेको र अल हिलालभन्दा स्पष्ट ७ अंकले अगाडी भएको छ। अल हिलालको २१ खेलमा ४८ अंक रहेको छ।
