‘प्रथम जिसिडि कप’ को उपाधि नख्खील गोर्खालाई

काठमाडौं । युएई, ‘प्रथम जिसिडि कप–२०२५’ को उपाधि नख्खील गोर्खा फुटबल क्लबले जितेको छ।

जिसिडि रोयल गोर्खा फुटबल क्लबको आयोजनामा दुवईको दुलस्को क्याम्पको फुटबल मैदानमा भएको उक्त प्रतियोगिता फेब्रुअरी २२ देखि २३ सम्म चलेको थियो। प्रतियोगिताको उपबिजेता न्यु ब्वाइज फुटबल क्लव भएको थियो भने फेयर प्लेयर क्लवको उपाधि मेची महाकाली फुटबल क्लवले पाएको छ।

प्रतियोगितामा प्रथम हुने नख्खील गोर्खा फुटबल क्लबले ट्रफिसहित ८ हजार १ युएई दिराम पुरस्कार पाएको छ। उपविजेता न्यु ब्वाइज फुटबल क्लवले ४ हजार १ युएई दिराम प्राप्त गरेको छ। प्रतियोगितामा १६ टिमको सहभागि रहेको थियो।

युएईमा अहिलेसम्मकै ठूलो धनराशीको नेपाली फुटवल प्रतियोगिता ‘प्रथम जिसिडि कप–२०२५’ मा फेयर प्लेयर क्लवको उपाधी मेची महाकाली फुटबल क्लवले पाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको