गण्डकी र तेजस्वी फाइनलमा

काठमाडौं । गण्डकी र तेजस्वी एकेडेमी आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

तार्केश्वर नगरपालिकाको साङलास्थित ल्यान्डमार्क एकेडेमीमा भएको सेमिफाइनलमा गण्डकीले बेलमाउन्टलाई ३२–१३ ले पराजित ग¥यो। गण्डकीको जितमा कलश भुजेलले १० अंक योगदान गरे। रविन श्रेष्ठको ११ अंक सहयोगमा तेजस्वीले नवोदितलाई ४६–३३ ले हरायो।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) को आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा बेलमाउन्ट र ल्यान्डमार्क उपाधिका लागि भिड्ने भएका छन्।

बेलमाउन्टले ह्वाइट हेभेनलाई २२–१४ ले पाखा लगायो। बेलमाउन्टकी समिक्षा मगरले १० स्कोर गरिन्। ल्यान्डमार्कले संस्कृति शिक्षा सदनलाई २९–१२ ले पन्छायो। ल्यान्डमार्ककी सगुनी देवकोटाले ९ अंक जोडिन्। फाइनल बिहीबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको