काठमाडौँ । म्यानचेस्टर युनाइटेडले रेलिगेसन जोनमा रहेको इप्सविच टाउनलाई पराजित गरेको छ।
बुधबार राति सम्पन्न खेलमा युनाइटेडले इप्सविच टाउनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
युनाइटेडको जितमा माथिस डी लाइट र ह्यारी माग्युरेले एक एक गोल गरेका थिए भने एक गोल इप्सविच टाउनका साम मोर्सीले आत्मघाती गोल गरेका थिए। त्यस्तै इप्सविचका लागि जाडेन फिलोगेनले दुवै गोल गरेका थिए।
त्यस्तै यस खेलमा प्याट्रिक डोर्गुले खेलको ४३औ मिनेटमा रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो।
यो जितपछि म्यानचेस्टर युनाइटेडको २७ खेलमा ३३ अंक भएको छ र लिगमा १४औ स्थानमा रहेको छ।
यस्तै इप्सविचको २७ खेलमा १७ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ।
