प्रधानमन्त्री कप छनोटमा काठमाडौंका दुई खेलाडीको शतक

काठमाडाैं।बागमती प्रदेश प्रधानमन्त्री कप छनोट प्रतियोगितामा काठमाडौंले अर्को खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ।

माथिल्लो मुलपानी मैदानमा शुक्रबार भएको खेलमा काठमाडौंले भक्तपुरविरूद्धको खेलमा २६१ रनको जित निकाल्दा इशान पाण्डे र रित गौतमले शतक प्रहार गरेका हुन्।

पहिले ब्याटिङ गरेको काठमाडौंका लागि इशानले ११० बलमा १७३ रन र रित गौतमले १२५ बलमा १३४ रन बनाए। यस्तै उत्तम थापा मगरले २६ बलमा ४२ रन जोडेपछि काठमाडौंले ५० ओभरमा ७ विकेटको क्षतिमा ४३० रन जोड्यो।

जवाफी ब्याटिङ गरेको भक्तपुर २८.४ ओभरमा १६९ रनमा अलआउट भयो। भक्तपुरका लागि शौरभ शुखाकर्मीले ३७ बलमा ५३ रन र गौरव पौडेलले ४१ बलमा ४७ रन बनाए।

बलिङमा काठमाडौंका किरण बुढा मगरले ४ विकेट र कप्तान प्रतिश जिसीले २ विकेट लिए।

यसअघि बिहीबार काठमाडौंका सोनु देवकोटाले टियूविरुद्ध शतक प्रहार गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको