आयोजक भद्रपुर ब्लेजर्सलाई उपाधि

भद्रपुर। आयोजको टिम भद्रपुर ब्लेजर्सले भद्रपुर झापा गोल्डकपको उपाधि जितेको छ।

उपाधिसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ।

भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार सम्पन्न इनल खेलमा अर्को झापाली टोली झापा ११ एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले उपाधि चुमेको हो।

उपविजेतामा चित्त बुझाएको झापा ११ ले नगद ७ लाख, मेडल, ट्रफी र प्रमाणपत्र पाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको