काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले अर्को हारेको ब्यहोरेको छ।
शनिबार राती भएको खेलमा मड्रिड रियल बेटिससँग २–१ ले पराजित भएको हो। घरेलु टोली बेटिसको जितमा जोन्नी कार्डोसो र इस्कोले एक-एक गोल गरे। इस्को मड्रिडका पूर्व खेलाडी हुन्।
खेलमा सुरुवाती अग्रता भने पाहुना टोली रियल मड्रिडले लिएको। खेलको १० औं मिनेट मै ब्राहिम डाएजले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए।
यो हारपछि दोस्रो स्थानमा रहेको रियल मड्रिड तेस्रो स्थानमा पुगेको छ। जारी सिजन २६ खेलबाट रियलको ५४ अंक छ। समान अंक भएको बार्सिलोना दोस्रो तथा ५६ अंक भएको एथलेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ।
यस्तै, ला लिगा अन्तर्गत गिरोना र सेल्टा भिगोले २-२ को बराबरी तथा रायो भायकानो र सेभियाले १-१ को बराबरी खेल्दै अंक बाँडे भने एथलेटिको मड्रिडले एथलेटिको विल्बाओलाई १-० ले पराजित गर्यो।
