शीर्ष स्थानमा उक्लियो बार्सिलोना

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल सोसियडाडलाई फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडलाई ४–० गोल अन्तरले परजित गरेको हो।

बार्सिलोनाको जित मा जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरे।

खेलको १७औँ मिनेटमा आरिट एलुसटोन्डोले रातो कार्ड पाएपछि सोसियडाड १० खेलाडीमा सिमित भएको थियो।

जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाको २६ खेलमा ५७ अंक भएको छ। त्यसैगरी सोसियडाडको २६ खेलमा ३४ अंकसहित नवौं स्थानमा छ।

दोस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको २६ खेलमा ५६ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको २६ खेलमा ५४ अंक रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको