सिंगापुर र मलेसियाविरुद्धको खेलका लागि ३० खेलाडी प्रारम्भिक टाेलीमा

काठमाडाैँ । नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियाली कप छनोट खेलका लागि ३० खेलाडीहरूलाई बोलाएका छन्।

नेपालले मार्च २१ मा सिंगापुरमा सिंगापुरसँग खेल्नेछ, त्यसपछि मार्च २५ मा मलेसियाविरुद्धको छनोट खेल हुनेछ।

एक वर्षको कार्यकालका लागि आइतबार नियुक्त भएपछि रसको जिम्मेवारीमा यी पहिलो खेलहरू हुनेछन्।

प्रारम्भिक टोली :
गोलकिपरः किरणकुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अन्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास
मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छिन्जु
फरवार्डः जेलेस्पिजंग कार्की, अन्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम, निरजन धामी


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको