पलेशा कास्यनजिक


काठमाडौं। नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पेरिस पारालिम्पिक– २०२४ मा कांस्यनजिक पुगेकी छन्।

शुक्रबार रिपाचेजमा सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै कांस्यनजिक पुगेकी हुन्। के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यो स्पर्धा पलेशाले शुक्रबार नै कांस्यको लागि प्रतिस्पर्धा गर्नेछिन्।

क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएपछि उनले रिपाचेजमा मौका पाएकी थिइन्।

पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको