काँक्रेविहार सेमिफाइनलमा

बाँके । काँक्रेविहार फुटबल क्लब मुख्यमन्त्री कोहलपुर गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ।

अफ्रिकन घाना फुटबल क्लबलाई मंगलबार पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो। काँक्रेविहारको जितसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ।

दोस्रो हाफको ५१औं मिनेटमा काँक्रेबिहार फुटबल क्लब सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिएका थिए। खेलको ५७औं मिनेटमा अफ्रिकन घानाका युसुफ मलिक बम्देलले बराबरी गोल फर्काए।

यस्तै, खेलको ७९औं मिनेटमा घानाका अकेन्टो ओपेमी पवेले खेललाई २–१ को अवस्थामा पुर्याए। ८४औं मिनेटमा काँक्रेबिहारका गणेश पुलामीले गोल गरेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो।

निर्धारित समयको खेलमा नतिजा आउन नसकेपछि पेनाल्टी सुटआउटमा घानालाई ५–४ ले हराउँदै काँक्रेबिहारले सेमिफाइनलको यात्रा तय गरेको हो।

प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको