च्याम्पियन्स लिग : एटलेटिकोमाथि रियलकाे जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पहिलाे लेगमा रियल मड्रिडले एटलेटिको मड्रिडलाई पराजित गरेको छ।

रियलकाे घरेलु मैदानमा गएराति सम्पन्न खेलमा रियलले एटलेटिकोलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

रियलको जितमा रोड्रीगो र ब्राहिम डियाजले एक एक गोल गरेका थिए भने एटलेटिकोका लागि एक गोल जुलियन अल्भारेजले गरे। खेलकाे चाैथाे मिनेटमै राेड्रीगाेकाे गाेलमा रियलले सुरुआती अग्रता बनाएकाे थियाे।

जितसँगै आफ्नो घरेलु मैदानमा सम्पन्न राउण्ड १६ को पहिलो लिगमा रियलले अग्रता हासिल गरेको छ। अब दोस्रो लिग एटलेटिकोको मैदानमा मार्च १३ मा हुने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको