नेपाल सुपर लिगका लागि काठमाडौंले भित्र्यायो सिएरा लियोनका बुया टुरे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको तेस्रो सिजनका लागि काठमाडौं रेजर्स एफसीले सिएरा लियोनका बुया टुरेलाई भित्र्याएको छ।

३० वर्षीय फरवार्डलाई टोलीमा भित्र्याएको काठमाडौंले बिहीबार सार्वजनिक गरेको हो। उनलीसँग स्विडेन, चीन र अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ।

काठमाडौंमा भित्राउनुअघि उनले अमेरिकाको दोस्रो डिभिजनको लिग युएसएल च्याम्पियनसिप खेलिरहेका थिए।

उनी सन् २०१७ मा सिएरा लियोनको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको टोलीमा परेका थिए। उनले सन् २०१८ मा इथियोपियासँग खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए।

उनी यसै साता नेपाल आइपुग्ने काठमाडौं रेजर्सको भनाई छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको