विराट गोल्डकप : पुलिस सेमिफाइनलमा

विराटनगर । विभागीय टिम नेपाल पुलिस क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

विराटनगरको शहिद रंगशालामा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा पुर्व विजेता टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनलमा पुगेको हो।

पुलिसको जितमा अरुण गाहा र मनिष सेढाइँले समान एक गोल गरे। उज्वल राईले ६६औं मिनेटमा निकालिदिएकोक्रस पासलाई अरुणले हेडिङ्गमार्फत आकर्षक गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए। मनिष सेढाइँले व्यक्तिगत ८७औ मिनेटमा गोल गरि टिमको जित सुनिश्ति गरे।

निक्कै रोमान्चक खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले। दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले।

प्रतियोगताको प्लेयर अफ द म्याच पुलिसका मनिष सेढाई घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पाए।

एपीएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई ५–३ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो। एपीएफ विराट गोल्डकपको साविक विजेता टिम पनि हो। छैठौं संस्करणको विराट गोल्डकपको उपाधि एपीएफले जितेको थियो। त्यसबेला फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १–० ले हराउँदै एपीएफले उपाधि जितेको थियो।

शुक्रबार तेस्रो क्वाटरफाइनल खेल थ्रि स्टार र मछिन्द्र फुटबल क्लब बिच हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको