युगान्डाविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौं । वुमेन्स डे महिला टी२० आई सिरिजमा नेपालले घरेलु टोली युगान्डाविरुद्ध टस जितेको पहिला बलिङ रोजेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा खेल केहीबेर अघि सुरु भएको छ । युगान्डाविरुद्ध यसअघि भएका ५ खेलमा नेपाल २ खेलमा विजयी र ३ खेलमा पराजित भएको थियो ।

नेपाली टोलीमा आज ३ परिवर्तन भएको छ । शनिवार नामिबियाविरुद्ध मैदान उत्रिएका राजमती ऐरी, अलिशाकुमारी यादव तथा रचनाकुमारी चौधरी बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा बिन्दु रावल, ममता चौधरी तथा साना प्रविनले मौका पाएका छन् । सानाको यो राष्ट्रिय टोलीमा डेब्यु खेल हो।

जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको