युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली युगाण्डासँग खेलिरहेको छ ।

जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले नेपालसामू ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । युगाण्डाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको हो ।

नेपालका लागि पुजा महतोले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा ८ रन दिएर २ विकेट लिइन् ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको