प्लानिङ ब्वाइजकाे विजयी सुरुआत

काठमाडौं। प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१ ले पराजित गरेको हो।

जितसँगै प्लानिङ ब्वाइजले तीन अंक जोडेको छ। प्लानिङ ब्वाइजको जितमा फागुराम थारु र सुजन डंगोलले गोल गरे। झापाका पुजन राईले गरेको गोल सान्त्वना रह्यो।

१४औं मिनेटमै फागुको गोलमार्फत प्लानिङ ब्वाइजले सुरुआती अग्रता लियो। ३९औं मिनेटमा पुजनले गोल गर्दै झापालाई बराबरीमा फर्काए।

६३औं मिनेटमा सुजनले गोल गर्दै प्लानिङ ब्वाइजको जित पक्का गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको