काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब र मध्यपुर युथ एसोसिएसनबीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ।
एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा बराबरी नतिजासँगै दुवैले १/१ अंक बाँडेका छन्। खेलको ४१औं मिनेटमा मध्यपुरले पहिले अग्रता बनायो। सन्तोष गोङ्गबाको हेडेरमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो।
दोस्रो हाफमा टुसाल खेलमा फर्कन सफल रहयो। ६६औं मिनेटमा अनमार्क पोजिसनमा रहेका विनोद नेम्वाङले क्लोज रेन्जबाट गोल गरे। यो सँगै खेल १-१ को बराबरीमा पुग्यो। यसपछि खेलमा थप गोल हुन सकेन। खेल बराबरी कै नतिजामा सकियो।
