ललितपुरका प्रशिक्षक ग्रेसन, कान्टिलाना र बेलफोर्ट नेपाल आईपुगे

काठमाडाैँ ललितपुर सिटी एफसीका प्रशिक्षक साईमन ग्रेसनसँगै दुई खेलाडी नेपाल आईपुगेका छन्।

साइमन युएएफएका प्रो–लाइसेन्स प्रशिक्षक हुन्। साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए।

नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीसँग आबद्ध हुन पाउँदा उनि अत्यन्तै उत्साहित भएको र अहिलेसम्म प्राप्त गरेको अनुभवले ललितपुर सिटी एफसी तथा समग्र नेपाली फुटबलमा महत्वपूर्ण योगदान पुर्याउन चाहेको ग्रेसनले बताएका छन्।

त्यस्तै ललितपुरबाट एनएसएल खेल्नका लागि प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना पनि नेपाल आईपुगेका छन्। एसिया र मध्यपूर्वका विभिन्न शीर्ष लिगमा खेलेको अनुभव बटुलिसकेका उनलाई ललितपुरले तेस्रो विदेशी खेलाडीको रूपमा टोलीमा भित्र्याएको हो।

त्यसैगरी हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट पनि एनएसएलका लागि नेपाल आईपुगेका छन। उनी साेमबार नेपाल आईपुगेका हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको