काठमाडौं । नेपाल सुपर लिग फ्रेन्चाइजी झापा एफसीले उज्वेकिस्तानका मिडफिल्डर मुहम्मद इसाएभलाई भित्र्याएको छ।
इसाएभलाई झापाले एनएसएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो ।
एसाएभसँग उज्वेकिस्तान, ताजकिस्तान र इन्डोनेसियन लिग खेलको अनुभव छ । उनले पछिल्लो पटक ताजकिस्तानको दुशान्बे क्लबबाट खेलेका थिए ।
एसाएभ झापा भित्रिने चौथो विदेशी खेलाडी हुन् । यसअघि क्लबले उज्वेकिस्तानका रक्षक अजमत अब्दुल्लेव तथा नेपाली मुलका अमेरिकी खेलाडी प्रविन बस्नेल र सर्बियन मिडफिल्डर लाजर आर्सिकई भित्र्याएको थियो ।
