बायर्न क्वाटरफाइनलमा

काठमाडौँ । बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा बायर लिभरकुसनलाई २–० ले पराजित गर्दै बायर्न म्युनिख समग्रमा ५–० को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो। यसअघि बायर्नले पहिलाे लेगमा लिभरकुसनलाई ३–० ले पराजित गरेको थियो।

बायर्नको जितमा ह्यारी केन र अल्फोन्सो डेभिजले एक एक गोल गरे।

अब क्वाटरफाइनलमा बायर्नले इटालियन क्लब इन्टर मिलानको सामना गर्ने छ। क्वाटरफाइनलका पहिलो लिग अप्रिल ८ र दोस्रो लिग अप्रिल १५ मा हुने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको