बार्सिलोना क्वाटरफाइनलमा

काठमाडौँ । बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिग खेलमा बार्सिलोनाले पोर्चुगीच क्लब बेनिफिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो। बार्सिलोनाले पहिलो लिगमा १–० को जित हासिल गरेको आधारमा समग्रमा ४–१ को नतिजा निकाल्याे।

बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने लामिन यमलले एक गोल गरे। त्यसैगरी बेनिफिकाका लागि एक गोल निकोलस ओटामेन्डीले गरेका थिए।

जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ भने बेनिफिकाको च्याम्पियन्स लिगको यस सिजनको यात्रा समाप्त भएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको