नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य

काठमाडौं । युगान्डामा जारी वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नामिबियाले नेपालसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

एन्टेबे क्रिकेट मैदानमा टस हरेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल तयार पारेको हो। नामिबियाले बनाएको यो स्कोर जारी प्रतियोगितामा अहिलेसम्मको सबैभन्दा बढी हो।

नामिबियाका लागि यस्बिन खानले ४५ र विल्का वातिलले २० रन बनाइन्। नेपालका लागि ईश्वरी विष्टले ३ विकेट लिइन्। रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया शर्माले समान एक विकेट झारे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको