डिसिसि कप चैत २ देखि ९ गतेसम्म, विजेताले दुई लाख पाउने

काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिको आयोजनामा पहिलोपटक काठमाडौं जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ।

चैत २ देखि ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं जिल्लाका ११ वटा पालिकाबाट सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका सबै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सञ्चालन हुनेछ।

विजेताले दुई लाख, उपविजेता एक लाख पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि सशस्त्र प्रहरी बल, अखिल नेपाल फुटबल संघ (एन्फा) र काठमाडौं जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गर्ने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको