बासबारी क्लबलाई प्रुडेन्सियल ईन्स्योरेन्सको मुख्य प्रायोजन

काठमाडौं। सहिद स्मारक बी डिभिजन लिग क्लब बासबारीले आईजीआई प्रुडेन्सियल ईन्स्योरेन्स लिमिटेडलाई मुख्य प्रायोजकको रुपमा भित्राएको छ।

क्लबका अध्यक्ष प्रेम थापाकाअनुसार प्रुडेन्सियलले मुख्य प्रायोजनस्वरुप बासबारी क्लबलाई १० लाख रुपिया दिने सम्झौता गरेको हो। जसअनुसार क्लबले नगद ७ लाख र ३ लाख बराबरको खेल सामाग्री पाउनेछ।

काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्षसमेत रहेका थापा र प्रुडेन्सियल ईन्स्योरेन्सका चिफ मार्केटिंग म्यानेजर श्रीराम भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

त्यस्तै, क्लबलाई आईएमई ग्रुपले सह प्रायोजन गर्ने भएको छ। उसलाई आईएमईले ३ लाख दिनेछ। क्बलाई काठमाडौं महानगरपालिका वडा ३ ले पनि ५ लाख दिएको छ। अध्यक्ष थापाका अनुसार यो सिजनको लागि ५० लाख बढी खर्च हुनेछ।

बासबारीले एन्फा कम्प्लेक्स, सातदोबाटोमा आज वुधबार सरस्वती युवा क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै यो सिजनको बी डिभिजन लिग सुरुआत गर्दैछ। निरन विष्टलाई मुख्य प्रशिक्षक नियुक्त गरेको क्लबले ए डिभिजनमा उक्लिने लक्ष्य राखेको छ। बासबारी पछिल्लो सिजन शीर्ष चारमा रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको