हालान्डको ह्याट्रिकमा सिटीको जित


काठमाडौँ । एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि म्यान्चेस्ट सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ।

शनिबार राति सम्पन्न खेलमा सिटीले वेस्टह्यम युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो।

पाहुना टोली सिटीको जितमा तीनै गोल हालान्डले गरे। वेस्टह्यामले भने एक गोल उपहार पायो। सिटीका डिफेन्डर रुवेन डियासले खेलको १९औँ आफ्नै पोस्टमा गोल गरेका थिए।

जितसँगै साविक विजेता सिटीले उपाधि रक्षको यात्रामा थप मज्बुद बनाएको छ। जारी सिजन तीन खेलमा तीनै जितहासिल गरेको सिटी नौँ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट तीन अंक रहेको वेस्टह्याम १४औँ स्थानमा छ।

खेलको १०औँ मिनेटमा वोर्नाल्डो सिल्भाको पासमा सगोल गरेका हालान्डले ३०औँ मिनेटमा दोस्रो तथा ८३औँ मिनेटमा ह्याट्रिक पूरा गर्दै सिटीको जित पक्का गरे।

योसँगै जारी लिगमा हल्यान्डको यो दोस्रो ह्याट्रिक हो। तीन खेलमा सात गोल गरिसकेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको