च्याम्पियन्स लिग : एटलेटिको मड्रिडलाई पेनाल्टीमा हराउँदै रियल क्वाटरफाइनलमा

काठमाडौँ । रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेशको छ।

एटलेटिको मड्रिडकाे घरेलु मैदान रियाद एयर मेट्रोपोलिटानो बुधबार राति सम्पन्न खेलमा घरेलु टाेलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै रियल क्वाटरफाइनलमा पुगेको हो।

अन्तिम १६ को दोस्रो लिगमा एटलेटिकोले १–० को जित हासिल गरेपछि समग्रमा २–२ को नतिजा आएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यसअघि पहिलो लिग रियलले २–१ ले विजयी भएको थियो।

पेनाल्टी सुटआउटमा एटलेटिकोका जुलियन अल्भारेज, एन्जल कोरिया र मार्कोस लियोरेन्टले पेनाल्टी मिस गरे भने रियलका लागि किलियन एमबाप्पे, जुड बेलिङ्घम, फेडेरिको भाल्भर्डे, लुकास भास्क्वेज र एन्टेनियो रुडिगरले गोल गरे।

जितसँगै रियलले अब क्वाटरफाइनलमा प्रिमियर लिग क्लब आर्सनलको सामना गर्ने भएको छ। क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ८ र दोस्रो लिग अप्रिल १५ मा हुने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको