काठमाडौँ । जर्मन बुन्डेस लिगमा साविक विजेता बायर लेभरकुसेन पराजित भएको छ।
शनिबार राति घरेलु मैदान बेएरेनामा सम्पन्न खेलमा पाुहना टोली आरबी लेपिज्गसँग २–३ गोलले पराजित भएको हो।
पराजयसँगै नयाँ सिजनको दोस्रो खेलबाट तीन अंकसहित लेभरकुसेन नौँ स्थानमा रहेको छ। विजयी लेपिज्ग ६ अंकसहित शीर्ष स्थाना उक्लिएको छ।
खेलमा २–० को अग्रता बनाएको बायरले उक्त अग्रता जोउान नसक्दा पराजित हुन पुग्यो। योसँग लेभरकुसेनको लिगमा अपराजित यात्रामा पुनविराम लागेको छ। पहिलो ४४ खेलमा आएर लेभरकुसनले पहिलो पराजय ब्यहोरेको हो।
खेलको ३८औँ मिनेटमा जेरेमी फ्रिमपोङले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। ४५औँ मिनेटमा अलेजान्ड्रो ग्रिमाल्डोले गोल गरेपछि लेभरकुसेनले अग्रता दोब्बर बनायो।
तर, पहिलो हाफको इन्जुरी समयको सातौँ मिनेटमा केकेभिन क्याम्पलले गोल गरेपछि खेल २–१ को अवस्थामा आयो।
त्यसपछि खेलको ५७औँ र ८०औँ मिनेटमा लोइस ओपेन्डाले गोल गरेपछि लेपिज्गले जित हासिल गर्यो।


