युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपालले आज आफ्नो पाँचौं खेलमा युगाण्डासँग खेल्दै छ।

एन्टेबे मैदानमा जारी खेल जित्न नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाउँदै ९२ रनको लक्ष्य प्रस्तुत गरेको हो।

युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ रन बनाइन्। इस्थर इलोकुले २२ रन बनाइन्। स्टेफानी नाम्पिना १३ रनमा नटआउट रहिन्।

नेपालका लागि रिया शर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् । पुजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीले १-१ विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको