काठमाडौँ । कप्तान ब्रुनो फर्नानडेजले ह्याट्रिक गरेको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।
युइएफए युरोपा लिगअन्तर्गत अन्तिम १६ को दोस्रो खेलमा प्रिमियर लिग क्लब युनाइटेडले स्पेनिस ला लिगा क्लब रियल सोसियडाडलाई ४–१ ले पराजित गरेको हो। यो नतिजासँगै समग्रमा ५–२ गोल अन्तरसहित युनाइटेड क्वाटरफाइनलमा पुगेको हो।
यसअघि पहिलो लिग १/१ गोलको बराबरीमा सकिएको थियो।
घरेलु टोली युनाइटेडको जितमा ब्रुनोले ह्याट्रिक गर्दा डिओगो डलोटले एक गोल गरे। त्यस्तै रियल सोसियडाडका लागि मिकेल ओयारजाबालले एक गोल गरेका थिए। त्यस्तै खेलकाे ६३औं मिनेटमा जोन आरामबुरुले रातोकार्ड पाएपछि रियल सोसियडाड १० खेलाडीमा समिति भएको थियो।
ब्रुनाेले खेलकाे १६ ५० र ८७औं मिनेटमा ह्याट्रिक पूरा गरे। उनले पहिलाे र दाेस्राे गाेल पेनाल्टीमार्फत गरेका हुन्। इन्जरी समयमा डलाेटले गाेल गर्दै युनाइटेडलाई फराकिलाे जित दिलाए।
युनाइटेडले अब क्वाटरफाइनलमा फ्रेन्च क्लब लियोनको सामना गर्ने छ। पहिलो लिग अप्रिल १० र दोस्रो लिग अप्रिल १७ मा हुने छ।
