सेपाकताक्रो खेलाडीको विदाई

काठमाडाैँ । विश्वकप सेपाकताक्रो च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरेका  छन्।

खेलाडीहरुलाई आत्माविश्वससाथ खेल्नका लागि शुभकामना दिए। भारतको विहारमा यहि चैत्र ७ देखि १२ गते (मार्च २०–२५,२०२५) सम्म हुने च्यामिपयनशिपमा नेपालबाट सात जना महिला र पाँच जना पुरुष खेलाडी सहभागी हुने छन्।

पुरुष खेलाडी: रोशन तामाङ, रविन भट्टराई, दिपेशजंग थापा, अनिल जर्गामगर, सनम पुर्जापुन, टिम कोच शिवबहादुर राना र म्यानेजर जितेन्द्र थापा मगर।

महिला खेलाडीहरु  सुमित्रा डंगोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन, निरु थापामगर, नैना रानामगर, स्वस्तिका श्रेष्ठ, टिम मेनेजर श्यामबहादुर श्रेष्ठ, प्रशिक्षक सिता सुवेदी।

रेफ्रीः सोममाया थापा मगर र सूर्य बहादुर लिम्वु र टेक्निकल अफीसर नेशिर मास्के।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको