नेपाल आईपुगे ललितपुरका डिफेन्डर देकिते

काठमाडौं । सेनेगलका पापे अब्दुलाह देकिते नेपाल आईपुगेका छन्।

ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्नका लागि उनि सोमबार नेपाल आईपुगेका हुन्।

३२ वर्षिय देकितेले आफ्नो फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबहरूमा बिताएका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिगहरूमा खेलेका छन्। उन्ले भियतनामको टप डिभीजन लिग भि.१ लिगसमेत खेलेका छन्।

साविक विजेता ललितपुरमा सामेल हुन पाउँदा उनले आफु निकै उत्साहित भएको बताएका छन्। ललितपुरले चैत्र १६ गते उद्घाटन खेलमा काठमाडौं रेजर्सविरुद्ध खेल्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको