काठमाडौं । सिंगापुरसँग मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार एक कार्यक्रम गर्दै फुटबल टोलीलाई बिदाई गरेको हो। राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले बिदाई गरेका छन्।
नेपालले यही मार्च २१ मा सिंगापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल मलेसियासँग मार्च २५ मा मलेसियामै खेल्नेछ।
अष्ट्रेलियन प्रशिक्षक म्याट रोस मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपाली फुटबल टिमले पहिलो पटक खेल्न लागेको हो । रोसको प्रशिक्षणमा नेपाली टोलीले दुई साताको प्रशिक्षणपछि सिंगापुर जान लागेको हो ।


