यू–१९ टिमको प्रशिक्षकमा उर्जन श्रेष्ठ

काठमाडाैँ । उर्जन श्रेष्ठलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌।

एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आइतबार नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० च्याम्पियन्सिपमा युवा टोली सम्हालेका थिए। नेपाल त्यसको फाइनलमा बंगलादेशसँग ४-१ ले पराजित भएको थियो । यो पटक प्रतियोगिता यु-१९ फरम्याटमा‌ हुँदैछ।

यसपटक च्याम्पियनसिप वैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशमा हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको