नेपाल आईपुगे इमो र पापा

काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीका खेलाडीद्वय इमोह इजेकिएल र पापा इबोउ केबे नेपाल आईपुगेका छन्।

बुधबार नेपाल आएका इमोह र पापाले गत संस्करणको एनएसएल ललितपुरबाट खेलेका थिए।

गत संस्करण ललितपुरलाई उपाधि जिताउन यी दुईले महत्वपुर्ण भुमिका खेलेका थिए।

इमोह गत संस्करणको  गोल्डेन बुट विजेता समेत हुन्। उनले सर्वाधिक ६ गोल गरेका थिए। फाइनलमा उनले धनगढी एफसी विरुद्ध दुई गोल गर्दै ललितपुरलाई उपाधी जिताउन सफल भएका थिए।

यस संस्करण चैत १६ बाट सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको